२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

काठमाडौं – दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि विराटनगर सिटी एफसीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

विराटनगर बिहीबार विज्ञप्ति जारी गर्दै गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

गुरुङको प्रशिक्षण करियरको छोटो समयमै धेरै उपलब्धि हासिल गरेको र क्लबको भिजन अनुसार काम गर्न सक्षम रहेको भन्दै जनाएको छ ।

गुरुङको ए डिभिजन लिगमा संकटा क्लबको प्रशिक्षण सम्हालेका थिए । जहाँ संङ्कटा सातौं भएको थियो ।
विराटनगरले गत संस्करणमा भारतीय प्रशिक्षक यान ल लाई प्रशिक्षक नियुक्त गरेको थियो । तर प्रतियोगिता दौरान अनुशानविपरीत काम गरेको भन्दै एनएसएल आयोजकले यान ल लाई ५० हजार जरिवाना र एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

यस्तै विराटनगरले मार्की प्लेयरमा डिफेण्डर रन्जित धिमाललाई नै फेरि अनुबन्ध गरेको छ । गत संस्करणमा रन्जित विराटनगरको मार्की प्लेयर र कप्तान थिए ।

यस संस्करणको लागि पनि धिमाललाई नै फेरि अनुबन्ध गरेको विराटनगरले जनाएको छ । रन्जित धिमालले मछिन्द्र क्लबबाट लगातार दुई पटक ए डिभिजन लिगको उपाधि जितेका थिए । विराटनगरले धिमाल मैदान भित्र र बाहिर पनि नेतृत्व गर्न सक्ने खेलाडी रहेको जनाएको छ ।

यस्तै विराटनगरले विदेशी खेलाडीको कोटामा यस पटक पनि उलरिस सिवेला२ अनुबन्ध गरेको छ । गत संस्करणमा पनि सिवेले विराटनगरबाटै खेलेका थिए ।

मैदानभित्र र बाहिर पनि सिवे व्यवसायिक रहेको र क्लबलाई अघि बढाउन उनको अनुभव काम लाग्ने विराटनगरले जनाएको छ ।

चैन अन्तिमदेखि सुरु गर्ने तयारी रहेको एनएसएलको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]