
कैलाली – व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजीनामा दिएका हमालले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
धनगढीमा घोषणा सभाको आयोजना गरी हमालले मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरे। उनले नगरबासीलाई भोटसँगै नोट दिएर सहयोग गर्न आग्रह गरे। भने, ‘मलाई तपाईहरु भोटसँगै नोट दिएर सहयोग गर्नुस्, यसले मलाई सधै धनगढी बासीहरुको माग सम्बोधन गर्न झकझक्यिइरहने छ!’
मेयरमा उम्मेदवारी घोषणा गरेका हमालले नगरबासीले स्वतन्त्र भएर मेयरमा उठ्न गरेको आग्रह बमोजिम आफूले उम्मेदवारी दिने बताउँदै विकास हाम्रै पालामा भन्ने अनुभुती हुनेगरी धनगढीको बिकास गर्ने बताए ।
संयोजकबाट राजिनामा दिएका हमाललाई बिबेकशिल साझाका सम्पुर्ण सदस्यहरुले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अघिल्लो पटक समेत स्वतन्त्र उम्मेदवारी दिएका हमाल हालका मेयर नृप बहादुर वडसंग पराजित भएका थिए ।