१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – नेपाली कांग्रेस रसुवाले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत फागुन ३ गते बिद्युत सर्ट भई आगलागीबाट घरबार बिहिन भएका जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ नागुङका पेमा छोवाङ तितुङको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

बुधबार नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ र धुन्चे ईकाई सभापति लामा रेन्जेन घलेले पिडितलाई भेटी एक लाख २० हजार २ सय रुपैया नगद सहित लत्ताकपडा प्रदान गरेका छन् ।

घरबार बिहिन भएका पिडित परिवारको पिडामा मलम लगाउन थोरै भएपनि राहात स्वरुप नगद सहित लत्ताकपडा सहयोग गरिएको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए । ‘पीडितको पिडामा थोरै भएपनि मलम लगाउन नेपाली कांग्रेस जिल्ला कमिटिबाट १ लाख १ सय र कांग्रेस धुन्चे ईकाई कमिटिबाट २० हजार एक सय र लत्ताकपडा उपलब्ध गराएका छौँ, उनले भने।

गत फागुन ३ गते बिहान तिन बजे बिद्युत सर्ट हुदाँ पिडित तितुङको ढुंगा, काठ र जस्ताले बनेको दुई कोठे घर जलेर नष्ट भएको थियो । घरमा भएको नगद ५ लाख सहित सुन, खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको थियो । घर जलेर नष्ट भएपछि ६ जनाको तितुङ परिवार टेन्टमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]