
सप्तरी – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दुधमती चोक बस्ने १९ वर्षीय अरुण कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साहलाई आफ्नै फलफूल पसलमा लागु औषध गाँजा बिक्री गर्ने लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
धनुषाबाट खटिएको प्रहरी टोलीले पसलबाट बिक्री गर्न तयारी अवस्थामा राखिएको १३ थान गाँजाको पुरिया समेत बरामद गरेको छ ।
उनमाथि लागू औषध नियन्त्रण ऐन अनुसार पहिलो पटक ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।