२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

काठमाडौं – संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]