
काठमाडौं – भष्मेश्वर घाटतिरको वाग्मती पुलको पर्खाल भत्किँदा दुई भक्तजन घाइते भएका छन्। शिवरात्रि मनाउन आएका भक्तजनको ठेलमठेलमा उनीहरु वाग्मती नदीमा खसेका थिए।
एक जना काठमाडौँ मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् भने अर्का घाइते उपचाररत छन्। उनको स्वास्थ्य स्थिति सामान्य छ।
पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भत्किएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।