२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिजाे प्रदर्शन भएका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रजिअ रिजालले मंगलगढी चोक, यरीचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको जानकारी दिनुभयो । यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]