३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

किभ – रुसी सैनिक प्रवेश गरेयता युक्रेनबाट ५ लाखभन्दा बढी मानिसहरू भागेर अन्य गएका छन् । कम्तीमा ३ सय ५२ सर्वसाधारण मारिएका छन् । तीमध्ये १४ जना बालबालिकाहरू पनि छन् ।

यस्तै ७० जना युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । ‘५ लाखभन्दा धेरै शरणार्थीहरू युक्रेनबाट भागेर छिमेकी देशतर्फ गएका छन्,’ शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले भनेकी छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार रुसी सेना युक्रेनमा प्रवेश गरेदेखि ती मानिसहरू भागेर सुरक्षित स्थानतर्फ गएका हुन् । यसबीचमा मृत्यु हुनेको संख्या ३ सय ५२ पुगेको छ ।

पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानिया र मोल्दोभाका सीमा क्षेत्रमा रहेका प्रवेश नाकामा अहिले पनि सर्वसाधारणहरू चढेका कार तथा बसको लामो जाम नै परेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । तर पैदल यात्रा गरेर सीमा पार गर्नेहरूको संख्या पनि ठूलो छ ।

संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनमा आक्रमण जारी रहँदा पोल्याण्डमा प्रवेश गर्नेको संख्या २ लाख ८१ हजारभन्दा धेरै छ । हंगेरीमा प्रवेश गर्ने ८५ हजार छन् । मोल्दोभामा जाने ३६ हजार भन्दा बढी छन् भने ३२ हजारभन्दा धेरै मानिसहरू रोमानिया र स्लोभाकियामा प्रवेश गर्नेहरू ३० हजारभन्दा धेरै छन् । तर अरु थुप्रै मानिसहरू कुन देशमा गए भन्ने पहिचान भएको छैन ।

कतिपय अफ्रिकी मुलुकमा पनि युक्रेनबाट मानिसहरू प्रवेश गरेको बताइएको छ । यस्तै अफ्रिकाका केही देशबाट युक्रेनमा अध्ययनका लागि गएका आफ्ना नागरिकहरू फिर्ता हुने क्रम जारी छ ।

यसैबीच युक्रेनका अधिकारीहरूका अनुसार कम्तीमा ७० जना सुरक्षाकर्मीहरू मारिएका छन् । रुस र युक्रेनबीच वार्ता जारी रहँदा रुसी सैनिकले युक्रेनमाथि हमला गरेका हुन् । जसलाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध अपराध भन्दै टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]