०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाडौं – टिकटकलाई हामीले छोटो भिडिओ प्लेटफर्मका रुपमा चिन्छौं । यही विशेषताका कारण नै टिकटकको लोकप्रियता विश्वभर बढ्दै गएको छ ।

तर अब कम्पनीले प्रयोगकर्तालाई १० मिनेटसम्मको टिकटक भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ ।

भर्जसँग कुरा गर्दै टिकटकका प्रवक्ताले अब १० मिनेटसम्मको भिडिओ राख्न मिल्ने भन्दै यो फिचर सुरुवात गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताएका छन् ।

यसले विश्वभरका क्रिएटरका लागि लागि अझ बढी रचनात्मक सम्भावना खोल्ने उनकाे भनाइ छ ।

टिकटकमा सुरुमा १५ सेकेन्डको भिडिओ अपलोड गर्न सकिन्थ्यो । यसपछि ६० सेकेन्डहुँदै तीन मिनेटसम्मको भिडिओ राख्ने सुविधा थपिएको थियाे ।

पछिल्लो समय प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले अन्य भिडिओ शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडिओ अपलोड गर्न सकिने फिचर ल्याएकाे बताइएकाे छ ।

युट्युवभन्दा छोटो भिडियो पनि सफल हुन्छ भन्ने टिकटकले नै प्रमाणित गरिदिएको छ । आफूले प्रमाणित गरेको दायराभन्दा बाहिर गएर समय थप गर्नु कति उपयुक्त र प्रयोगमैत्री हुनेछ भन्ने विषय आगामी दिनमा पक्कै थाहा हाेला ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]