३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

जनकपुरधाम – सिरहाको एक विद्यालयमा विद्यार्थीले ढिलो आएको भन्दै प्रधानाध्यापकलाई एक घण्टा थुनेका छन् ।

कल्याणपुर नगरपालिका वडा-५ भोक्राहास्थित आधारभूत विद्यालयका प्रधानाध्‍यापक राजकुमार साहलाई विद्यार्थीले उनकै कार्यकक्षमा एक घण्टा थुनेका हुन् ।

प्रधानाध्‍यापक र शिक्षकलाई समयमा आउनुपर्ने, नियमित पठनपाठन हुनुपर्नेसहितका माग राख्दै यो विद्यालयका विद्यार्थीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रधानाध्‍यापकलाई थुन्ने क्रममा विद्यार्थीले प्रधानाध्‍यापकसहित वडाअध्यक्षविरुद्ध नाराबाजी गर्दै बिभिन्न नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।

पहिलो दिन विद्यालयमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग पूरा गर्नेतर्फ ध्यान नदिएका कारण प्रधानाध्‍यापकलाई थुन्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी विकास कुमार साहले बताए ।

‘शिक्षकहरु आउँदै, आउँदैनन्, आएपनि एक घण्टा पनि विद्यालयमा बस्दैनन्’ विद्यार्थी साहले भने, ‘अहिलेसम्म विज्ञान बिषयको एक पाठ पनि पढाइ भएको छैन् । अंग्रेजी, गणित र नेपाली विषयको पाठ आधा पनि सकिएको छैन ।’

विद्यालयमा लामो समयदेखि प्रधानाध्‍यापक र शिक्षकहरुले मनोमानी गरिरहेको बताउँदै विद्यार्थीहरुले अरु विद्यालयमा जान ट्रान्सफर सर्टिफिकेट माग्दा पनि दिन नचाहेको बताएका छन् ।

कक्षा ९ सम्म सञ्चालन हुने विद्यालयमा ३ जना स्थायी, ३ जना करारका र ४ जना बालविकासका शिक्षक छन् । लामो समयदेखि तलव नदिँदा करारका शिक्षक विद्यालय आउनै छाडेको र स्थायी शिक्षकहरु विद्यालय आए पनि केही बेरमै जाने गरेको विद्यार्थीहरुले गुनासो गरे ।

यसबारेमा वडा अध्यक्षसमेतलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । ‘यसरी त हाम्रो भविष्य बिग्रिन्छ’ विद्यार्थी साहले भने, ‘नपढाउने हो भने हामीलाई ट्रान्सफर सर्टिफिकेट दिँदा हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]