
झापा – प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माईजोगमाई गाउँपालिका-१ बस्ने २३ वर्षीय जोसेफ थापा रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको थापालाई इलाका प्रहरी काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई झापा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी कानुनी पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।