३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

कंचनपुर – सरकारले प्रतिनिधि सभाबाट अमेरिकी अनुदान सहायता सम्झाैता एमसीसी अनुमोदन गराएकाे विरोधमा आन्दोलनमा उत्रिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच कञ्चनपुरमा झडप भएको छ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीले एमसीसी अनुमोदनको विरोधमा आन्दोलनमा उत्रिएकालाई लाठी प्रहार गरेको छ।

प्रहरीको लाठी प्रहारबाट दुई जना आन्दोलनकारी घाइते भएका छन्।

विप्लव नेतृत्वको नेकपाको युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिश ऐरी प्रहरीको लाठी लागेर घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वीरेन्द्र शाहले बताए।

उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको उनकाे आराेप छ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई मोर्चाले एमसीसी पारितको विरोधमा सोमबार नेपाल बन्द घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]