३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

सप्तरी – इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।

“म मैले मेरो बच्चालई हेरचाह गरेर बसिरहेको थिएँ, एक्कासी भूकम्प आयो, हामी सबैले के गर्ने भन्ने नै सोँच सकेनौ, एकाएक भागिएछ,” एक प्रत्यक्षदर्शीले भने । भूकम्पपछि अहिले धेरै मानिस घर बाहिर बसेको र सबैजना त्रसित अवस्थामा रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ । भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा देखिएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्वन्धी निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए । उनका अनुसार भूकम्पका कारण विभिन्न सेवा तथा नियमित कार्यमा समेत समस्या उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]