
काभ्रे – सवारीको ठक्करबाट युवाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले काभ्रे र भक्तपुरको सीमा-नाका साँगामा अवरोध गरेका छन् । बुधबार राति सवारीसाधनको ठक्करबाट बनेपा १४ का विशाल तामाङको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले अरनिको राजमार्गमा अवरोध गरेका हुन् ।
अवरोधका कारण राजमार्ग हुँदै उपत्यका भित्रने र बाहिरने सवारी साधन रोकिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए ।
रातको समयमा ठक्कर दिएकाले सवारी साधन पहिचान गर्न समस्या भए पनि सीसीटीभी फुटेज लगायतका प्रमाणहरू अध्ययन गरिरहेको प्रहरीले जनाएको छ ।