३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

काठमाडौँ – नायक पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा नाबालिकामाथि जबरजस्ती करणी गरेको उजुरी पर्‍याे। उजुरीपछि प्रहरीले पक्राउ गर्नुपूर्व नै नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केहीकाे नाम सार्वजनिक गरे।

पलले सार्वजनिक गरेकाे नाममा उनकै साथी भनेर चिनिएका गायक दुर्गेश थापा, म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाई रहेका छन्।

पलले नाम उल्लेख गरेपछि दुर्गेशले देशसञ्चारसँग फोन संवादमा भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’

तपाईंहरु कुरा मिलाउन खोज्नुभएको हो भनेर सोध्दा दुर्गेशले जवाफ दिए, ‘समझदारीमा केही गर्न सकिन्छ कि भनेर हो, तर ऊ हामीबाट पनि टाढा भयो। केटीबाट पनि टाढा भयो। त्यसपछि यस्तो भएको हो। कृष्ण जोशीलाई पहिला म्यानेजरबाट निकालिएको थियो। पछि यो काण्ड आएपछि उसले मिलाउँछ कि भनेर फेरि राखिएको हो। पलले हामीलाई दोष लगाइदियो।’

दुर्गेशका अनुसार पीडित किशोरी पलप्रति असाध्यै क्रेजी थिइन्। धेरै सम्झाउँदा पनि किशोरीले विवाह गर्ने भन्दा अरु कुरा मान्य नहुने बताएकी थिइन्।

‘मायालाई केहीले किन्न सक्नुहुन्छ तपाईले, अहिले आएर षड्यन्त्र भन्न मिल्छ?’, उनले प्रश्न गरे, ‘हामीले छलफल गरेको घटना घटिसकेपछिको कुरा हो। अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। भोलि ठूलो टेन्सन नहोस् भनेर नै हामीले कुरा गरेका थियौँ। हामीले पहिला पनि मिलाएका नै थियौँ। दुई वर्षपछि विवाह गर्ने समझदारी थियो।’

दुर्गेशले थपे, ‘मेरो पनि भोलि छोरी होला, दिदीबहिनी छन्, पलको आफ्नै बहिनी छ, त्यो सोचेर अगाडि बढ्नु पर्‍याे। हामी त जे थाहा छ, त्यो बोल्दिने हो, अहिलेसम्म साथी हो, उसको कुरा बाहिर नआओस् भनेर नबोली हिँडेको हो, उसले नै बोल्छ भने अब हामी पनि बोल्छौँ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]