३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

काठमाडौं – प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा बहुमत जुटाउन कस्सिएका छन् । प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको स्रोतको भनाई छ ।

सरकारमा हुँदा धेरै शीर्ष नेताहरुले एमसीसी अगाडि बढाउन पहल र नेतृत्व गर्दै आएका थिए । अहिले ती दलहरु एमसीसी अगाडि बढाउन दबाबमा छन् ।

गठबन्ध दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संसदमा एमसीसीको पक्षमा मत नदिने अडान लिदै आइरहेका छन् । यस्तै जसपाभित्र पनि एमसीसीको पक्ष र विपक्षमा मत बाझिएको छ ।
जसपाले एमसीसी बारे आधिकारिक धारणा दिइसकेको छैन । उपेन्द्र यादव पक्ष चुप छ भने डा. बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा रहेको प्रष्ट छ । गठबन्धनकै अर्को दल जनमोर्चाले भने एमसीसीको विरोध गर्दै आइरहेको छ । कांग्रेस र लोसपा भने एमसीसीको पक्षमा मतदान गर्न तयार छन् ।
नेकपा एमालेलाई भने प्रधानमन्त्री देउवाले फकाउँदैछन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धन टुट्नुपर्ने र संसदमा आफ्नो दल सहभागी हुने वातावरण मिलाउनुपर्ने कुरा देउवालाई राख्दै आइरहेका छन् । यो हेर्दा एमसीसी पास गराउन कांग्रेस सभापति समेत रहेका देउवा गठबन्धन तोड्न पछि नहट्ने देखिन्छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने चेतावनी दिएका छन् । प्रेस युनियन तनहुँमा आयोजि कार्यक्रममा उनले सो कुरा गरेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने देउवा एमालेतर्फ ढल्किरहदा ओली फेरि सत्तामा आउछन् की भन्ने डरले के निर्णय दिने भन्नेमा दोधारमा छन् । एमसीसी टेबल भएपछि प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे छलफल हुँदैछ ।

प्रतिनिधि सभामा नेकपा एमालेका ९८ जना सांसद, कांग्रेसका ६१ जना सांसद , माओवादी केन्द्रका ४९ जना सांसद र नेकपा एकीकृत समाजवादीका २३ जना सांसद रहेका छन् । यस्तै जसपाका १९ जनामा एक जना निलम्बित र लोसपाका १२ जना सांसद रहेका छन् । यो हेर्दा बहुमत बनाउन देउवाले एमालेलाई नै फकाउनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]