३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

काठमाडौं – नेकपा एमालेका नेता खगराज अधिकारीले होहल्लाका बीचमा एमसीसी लगेर संसद्मा तमासा गरिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “१४ जना गैरसांसदलाई कारबाहीको माग राखेर एमालेले महिनौंदेखि नियमित संसदीय प्रक्रियामा भाग लिएको छैन । हामी संसद्मा विरोधमा छौं । अवरोध त उहाँहरुले गरेको हो । यस्तो बेला होहल्लाका बीचमा एमसीसी टेबुल गरेर भाँडभैलो उत्तानो थैलो गरिएको छ । प्रतिपक्षले राष्ट्रिय महत्त्व र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफल गर्न नपाउने स्थिति खडा गरिएको छ । प्रतिपक्षलाई पेलेर लोकतन्त्रलाई मासेर अदालतबाट उत्पति भएको सरकारले के तमासा गरेको हो ?”
एमालेले एमसीसी पास गर्छु भनेर कहिले पनि नभनेको पनि उनले दाबी गरे । अधिकारीले थपे, “कन्टेन्ट ठीक वा बेठीक जे भए पनि एमसीसी माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, प्रचण्डहरुले गरेका हुन् । हिजो नेकपा एमालेले पहिलेको सरकारको अविच्छिन्न उत्तराधिकारीका रुपमा भएकाले संसद्मा टेबल गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरा र सभामुख अग्नि सापकोटाले रोके । पार्टीमा किचलो झिके र फुटाइछाडे । हामीले कहिले पनि एमसीसीमा साथ दिन्छौं भनेको छैन ।”
पूर्वगृहमन्त्री समेत रहेका अधिकारीले एमालेमा भीम रावालको गाईजात्राले केही लछारपाटो नलगाउने बताए । उनले भने, “अहिले पनि वीर, बहादुरहरु एमसीसीका बारेमा अमेरिका सेना आएर बास बसिहाल्छ भन्दै लालपुर्जा देखाएर बसेका छन् । मुआब्जा नदिईकन जग्गा अधिग्रहण गर्ने ? हाम्रो प्राथमिकता प्रसारण लाइन भनेर छान्ने यिनै कुलमान घिसिङ र वर्षमान पुन होइनन् ? अमेरिकी सेना आउँछ चाहिँदो नचाहिँदो कुरा गरेर उत्तेजित भीम रावल रक्षामन्त्री थिएनन् र ? हाम्रो संविधानसँग बाझिन्छ कि बाझिँदैन हजुर, सैन्य सहायताका लागि प्रयोग गर्न पाइन्छ कि पाइँदैन हजुर भनेर सोधेका होइनन् र ? हिजो आफैं साइन गर्ने, आज आफै सोध्ने ? एमालेमा भीम रावलको गाईजात्राले केही लछारपाटो लगाउने वाला छैन ।”

शेरबहादुर देउवा गठबन्धन तोडेर आए एमालेले स्वागत गर्ने पनि उनले बताए । अधिकारीले भने, “शेरबहादुरजीले बेलैमा बुझ्नुभएछ भने राम्रो हुन्छ । हामी पनि एमसीसीका बारेमा बुँदाबुँदामा जान सक्छौं ।”

एमसीसीमा तपाईंले एमालेको पोजिसन प्रष्ट पार्न सक्नुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हामीले अहिलेसम्म गठबन्धनले एमसीसी पास गर्न ल्याएको हो कि फेल ल्याएको हो, प्रस्ट भएको छैन । गठबन्धन हो कि एमालेविरोधी संयुक्त मोर्चा हो भन्ने पनि बुझेका छैनौं । तर गठबन्धन चक्रब्यूहमा फँसेको छ । भित्रभित्रै टाउकेहरु मिलेर खाने, तल कार्यकर्ता भड्काउने ? अनि एमालेले एमसीसीमा किन समर्थन दिने ? केका लागि समर्थन दिने ?”

अमेरिकी राजदूत रयान्डी बेरीलाई एमाले अध्यक्ष केपी ओलीले एमालेको स्थिति प्रस्ट पारेको पनि उनले बताए । उनले भने, “अमेरिकी राजदूतले एमसीसीमा दबाब दिएको होइन, लिने भए लिनुस्, नलिने भए नलिनुस् भन्ने स्पष्टीकरण दिनुभयो । हाम्रा अध्यक्षले एउटा प्रोजेक्टका आधारमा अमेरिकाले धारणा बनाउनु हुन्न, अमेरिका लामो समयदेखिको मित्र हो, संसारमा नेपालका कोही पनि शत्रु छैन, सबै मित्र हुन् भन्नुभएको छ । कुरा क्लियर छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]