
काठमाडौं – भारतको राष्ट्रीय राजधानी दिल्लीमा एमसीसीको बिरोध प्रदर्शन भएको छ । अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन भएको हो ।
बिरोध उक्त समूहमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय उप महासचिब आरबी खड्काको नेतृत्वमा एकता मंच केन्द्रीय नेता मानु क्षेष्ठ ,जीवन शर्मा ,नारायण बिक ,हुमाकान्त कुँवर , अर्जुन दयाल ,कमला थापा ,कमला थापा ,बेल बहादुर पुन ,कमला पाण्डे ,राज्य नेता सङ्कर शर्मा ,अटल परियार ,रिता लिम्बु लगायत नेताहरुको सहभागित रहेको थियो । युवा नेता आरबी खड्काले अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भएको बताए ।
विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आ–आफ्ना स्वार्थ हुन्छन्, एमसीसीबारे पनि यही कुरा लागु हुन्छ , उनले भने । अमेरिका वा चीनबाट होस् वा भारतबाट जुनसुकै मुलुकबाट प्राप्त हुने सहयोगका आआफ्ना स्वार्थ र उद्देश्य हुन्छन् ।
ठूला महाशक्ति मुलुकहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न विभिन्न मुलुकलाई आर्थिक सहयोग गर्दछन् । जनताको विरोध सही भएको पुष्टि भएको छ, एमसीसीको हकमा पनि उठिरहेका विरोधी आवाजहरु जायज छन् भन्नका लागि अनेकौं आधार भएको युवा नेता खड्काले बताए । बिरोधमा प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका छन् ।