
काठमाडौं – कपिलवस्तुमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । शिवराज नगरपालिका–३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो ।
शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गरेका थिए । उनको उपचारका क्रममा आज मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले तिलकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।