३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन वन अधिकृत, सहायक वन अधिकृतसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले बताएका छन्। उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार हिनामिना गरेको आरोप छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम सजाय गरी उल्लेखित बिगो जफतसमेत हुन माग दावी गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]