३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

धादिङ – पृथ्वी राजमार्गअर्न्तगत धादिङको गजुरी गाउँपालिका १ स्थित गजुरीबजारबाट सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक केजी खपटासहित ट्रक चालक र ट्रकमा सवारी व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ट्रक चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २३ वर्षीय शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मानबहादुर तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तु सालकको खपटाको कारोबार तथा ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले आइतबार बेलुकी आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।

बरामद गरिएको सालकको खपटासहित ट्रक, मोबाइलसहित पक्राउ गरिएकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]