
काठमाडौं – चोरीका मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।
सादा पोसाकमा खटिएको ट्राफिक टोलीले काठमाडौंको सामाखुशीबाट महोत्तरीको बर्दीबास घर भई कपन बस्ने वर्ष २० का सञ्जय विश्वकर्मा र संखुवासभाको खाँदबारी घर भई काठमाडौं बस्ने रमेश राईलाई पक्राउ गरेको हो।
दुवैले वास्तविक नम्बर परिवर्तन गरी अर्को नम्बर राखेर एनएस पल्सर मोटरसाइकल चलाएको भेटिएको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ।