
सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सूची तयार गर्ने भएको छ ।
सोमवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आन्तरिक परिपत्र जारी गर्दै निर्वाचनका लागि लोकप्रिय उम्मेदवारको सूची तयार पार्न निर्देशन दिएको हो ।
पार्टीका तल्लो तहका कमिटीलाई पठाइएको परिपत्रमा सम्भावित उम्मेदवारको सूची जिल्ला कमिटीहरूलाई बुझाउन निर्देशन दिइएको छ ।
सूची तयार पार्दा वडामा सक्षम, इमानदार र लोकप्रिय हुनुपर्ने उल्लेख गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।