
सप्तरी – एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।
एमसीसी खारेज हुनुपर्ने भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले लाठी चार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), वाईसीएलका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।

नेकपा (एस) का कार्यकर्ताहरू पनि प्रदर्शनमा उत्रिएका छन् ।
आइतवार संसदमा एमसीसी टेबुल गर्ने तयारी छ ।