
सप्तरी – ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोलुङ-४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार छिन्।
शुक्रबार अपराह्न पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटेर घर फर्कंदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।
प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएको थियो।
उनको उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।