०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

सप्तरी – महोत्तरीमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म ४८ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जिल्ला अदालत महोत्तरीबाट प्राप्त फरार प्रतिवादीको सूचीमध्येबाट ४८ जना पक्राउ गरी उनीहरूलाई कैद भुक्तानका लागि कारागार पठाएको बताए ।

उनले ४८ जनाबाट १७ वर्ष आठ महिना कैद उसुल र एघार लाख ३७ हजार एक सय ९० जरिवाना उसुलउपर गरिएको थपे । एउटै मुद्दामा समेत एक वा एकभन्दा बढी मानिसहरू प्रतिवादी हुने गरेको, तर एउटै पनि अदालतमा पेस नभएको वा एक वा केहीजना अदालतमा हाजिर भए बाँकीहरू हाजिर नहुँदा उनीहरूलाई समेत कुनै मुद्दामा सजाय सुनाउँदा उनीहरू बाहिरबाट नै भाग्ने गरेकाले त्यस्ता व्यक्तिहरू फरार प्रतिवादीहरूको सूचीमा अत्यधिक रहेको प्रवक्ता डिएसपी विष्टले बताए ।

उनले अदालतबाट धरौटीमा छुटेकाहरूसमेत अन्तिम फैसलाको समय सजाय पाउदा भाग्ने गरेका बताए । प्रहरीले एक टोली नै बनाई यस्ता फरार प्रतिवादीहरूलाई पक्राउ गरिरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]