१९ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

काठमाडौं – एमसीसी अनुमोदनका लागि दबाब दिँदै आएको अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ। नेपालमा एमसीसीविरुद्ध हिंसात्मक प्रदर्शन हुन थालेपछि काठमाडौंस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले हिंसालाई उक्सकाउने गतिविधि कदापि नस्वीकार्ने बताएका छन्।

उनले अमेरिका स्वतन्त्र अभिव्यक्तस र सार्वजनिक बह;को बलियो समर्थक रहेको भन्दै शान्तिपूर्णरुपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरे। ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

एमसीसी संसदमा टेबल गर्ने कुराले जति राजनीतिक दलहरुबीच असझदारी रहेको छ। त्योभन्दा धेरै अहिले एमसीसीका नाममा दिनहुँ प्रदर्शन भइरहेका छन्। यहाँसम्म कि बम आतंकसमेच मच्चाइएको छ। त्यही भएर अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]