
काठमाडाैं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसिसीकै कारण कुनै हालतमा गठबन्धन नटुट्ने दाबी गरेका छन्।
आज (शुक्रबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने विश्वास व्यक्त गरे।
गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसिसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकिर गरे। एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाहरुलाई यसलाई टुंगाेमा पुर्याउनुपर्ने धारणा राखे।
खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वाभाविक रहेकाले आंशका नगर्ने बताए।
एमसिसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे।