०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

उदयपुर – उदपुयरको बेलका नगरपालिका आठ सिरुवानीवाट ठूलो परिणामको लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध गाँजाको ओसार पसार तथा कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार ४ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ८ का २७ वर्षका गोकुल राई, बेलका नगरपालिका ७ का २९ वर्षका मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ वर्षका मनिष धामी रहेका छन् ।

उनीहरुलाई को १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्तासमेत रहेकधा प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता राईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]