०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

काठमाडौं – बिहार बोर्डको म्याट्रिक परीक्षा (एक्स)-२०२२ बिहीबारबाट सुरु भयो। परीक्षाको पहिलो दिनको पहिलो सिफ्टमा गणित विषयको परीक्षा थियो। तर परीक्षा सुरु हुनुअघि नै यसको प्रश्नपत्र आउट भएको थियो। आउट भएको प्रश्नपत्र र मूल प्रश्नपत्र हेर्दा ठ्याक्कै उस्तै थियो।

पहिलो सिफ्टको परीक्षा बिहान ९ः३० बजे सुरु हुने भनिएपनि प्रश्नपत्र ८ः५३ बजे आउट भएको थियो। कसैले आउट भएको प्रश्नपत्र सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन्।

बिहार विद्यालय परीक्षा समितिले सामाजिक सञ्जालबाट यसको जानकारी पाएपछि बोर्डका अध्यक्ष आनन्द किशोरले मोतिहारीका जिल्ला मजिस्ट्रेट कपिल अशोकलाई यस सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन्।

जिल्ला अधिकारी शिशित कपिल अशोकका अनुसार बिहार बोर्डको आदेशमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ। प्रश्नपत्र कहाँबाट बाहिरियो र यसमा कोको संलग्नता छ भनेर छानबिन गर्न गठित तीन सदस्यीय समितिमा एडीएम, डीईओ र एसडीओ समावेश छन्।

प्रश्नपत्र बाहिरिएपछि प्रहरीको प्राविधिक शाखाले पनि अनुसन्धान थालेको छ। यस प्रकरणमा हालसम्म कोही पक्राउ परेका छैनन्। पहिलो दिन भएको गणित विषयको परीक्षामा पनि चिट चोरेको पाइएपछि प्रदेशभरका १ सय परीक्षार्थीलाई निष्कासन गरिएको छ।

यस पटक म्याट्रिक परीक्षाका लागि कुल १६ लाख ४८ हजार ८९४ विद्यार्थीले फारम भरेका थिए। जसमा ८ लाख ६ हजार ७०५ छात्रा र ८ लाख ४२ हजार १८९ छात्र छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]