०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

झापा – झापाको बिर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका २ का ३८ वर्षका सुमन कुमार कार्की (योजनाकार), झापा कन्काई नगरपालिका ३ का ४१ वर्षका भिष्म थापा, दमक नगरपालिका ५० वर्षका देवी बास्कोटा, कान्काई नगरपालिकास्थित कोटीहोममा पुजारी काम गर्ने ५८ वर्षका कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी नगरपालिका १ का ३२ वर्षका सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम रहेका छन् ।

यस्तै संखुवासभा खाँदवारी नगरपालिका १० घर भई हाल सुन्दरहरैचा ६ मोरङ बस्ने २९ वर्षका मनमोहन दहाल, झापा गौरिगञ्ज गाउँपालिका तीन ३२ वर्षका आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका पाँचका ३३ वर्षका प्रदीप थापा र गौरीगञ्ज गाउँपालिका तीनका ४५ वर्षका बिजय कुमार दास हलुवाई रहेका छन् ।

झापाको विर्तामोड नगरपालिका चारस्थित पश्चिम बस पार्कमा माघ नौ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चा फेला परेको र दमक नगरपालिका पाँचस्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चा माघ १३ गते फेला परेको थियो ।

उक्त घटनाका सम्वन्धमा एक नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्तरुपमा परिचालन भएर घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा अपराधिक गतिविधिमा संग्लग्न नौ जनालाई फरक–फरक मितिमा विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

पक्राउ परेका ब्यक्तिबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा दुइ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड पाँच थान, बैङ्कको चेकबुक दुइ थान, केन्द्रिय कमिटि, कोशी अंचल, मेची अंचल कमिटिको हस्ताक्षर मात्र भएको छाप १० थान, बिभिन्न कम्पनीका सात थान मोवाइल फोनसमेत बरामद गरिएको जनाइएकाे छ ।

पक्राउ परेका नौ जनाको समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]