०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौं – खोटाङको एक अग्नि पीडित परिवारलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका २ का अग्निपीडित जसबहादुर राईको परिवारलाई सहयोग गरिएको हो ।

राईको परिवारलाई कोरियामा कार्यरत युबक निराहाङखिम, समाजसेवी नवदुर्गा राई र पर्वत समाज संघ तथा नेपाल ललितकला मञ्च दक्षिण कोरियाका महासचिव नवीन उपाध्यायको पहलमा आर्थिक सहयोग गरिएको हो ।

अभियन्ता निराहाङखिमका अनुसार कोरियामा कार्यरत नेपालीले १ लाख २३ हजार ८९३ रुपैयाँ सहयोग गरेका हुन् । सो रकम वडाध्यक्ष गणेश विष्ट, समाजसेवी मस्तहाङ राईलगायतको हातबाट प्रदान गरिएको थियो ।

‘तत्कालै थुप्रै साथीहरूले सहयोग गरिसक्नुभएको छ । त्यसका लागि धन्यवाद भन्न चाहन्छु,’वडाध्यक्ष विष्टले भने, ‘वडाले राहतका लागि सिफारिस गरिसकेको छ, चाँडै प्राप्त हुनेछ ।’ त्यस्तै समाजसेवी मस्तहाङ राईले पीडित परिवार र सिङ्गो वडाको तर्फबाट सहयोगीहरूलाई धन्यवाद दिए ।

तीन साताअघि लागेको आगोबाट राईको दुईवटा घर र एउटा कटेरो जलेका थिए । घरमा रहेका लत्ताकपडा, अन्न, कागजातलगायत सबै जलेर नष्ट भएको पीडित राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]