०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा हालसम्म ८६३ फर्मलाई जरिवाना गरेको छ। यो अवधिमा एक हजार ८०० भन्दा बढी व्यावसायिक फर्मको अनुगमन गरेको विभागले अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गरेको हो।

नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित

जरिवानाबाट मात्र रु ८९ लाख ८० हजार राजश्व सङ्कलन भएको जनाइएको छ। यस्तै अनुगमन गरिएका फर्ममध्ये झन्डै आधालाई कारबाहीस्वरूप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले बताए।

सात महिनाका अवधिमा विभागले ८६३ फर्मलाई जरिवाना, ८२३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिएको थियो। यस्तै, १६ फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो।

यस्तै विभागले खान अयोग्य वा म्याद सकिएकोले २८ लाख ५५ हजार ३१८ रुपैयाँ बराबरको बस्तु तत्कालै नष्ट गर्न लगाएको थियो।

यो अवधिमा विभागले सबैभन्दा धेरै १०६ वटा फार्मेसी पसलको अनुगमन भएको जनाएको छ। तीमध्ये ३३ वटालाई कारबाहीस्वरूप जरिवाना गरिएको थियो।

विभागले नियमित रूपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]