०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौँ – भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ । निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेर आएको छ ।

यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम २ अर्ब ४१ करोड हुनेछ । यहीं मूल्य कायम रहँदा मासिक घाटा ४ अर्ब ८२ करोड पुग्छ । हाल पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ ५ पैसा, डिजेलमा १५ रुपैयाँ ४८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा भने नाफा छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म निगमले करिब २४ अर्ब नोक्सानी ब्यहोरिसकेको जनाएको छ । यहीं अवस्थामा प्रतिमहिना ४ अर्ब भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमले जनाएको छ । हाल भारतको सीमावर्ती बजार रक्सौलभन्दा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाा २४ पैसा, डिजेल २५ रुपैयाा ३१ पेसा सस्तो रहेको निगमको दावी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]