०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौं – खडेरीले आक्रान्त मध्य पूर्वमा जलवायु संकटविरुद्ध साउदी अरबले मरुभूमिको बीचौँबीच २ लाख ५० हजार रुख रोपेको छ । यसमा खडेरीबाट प्रभावित नहुने प्रजातिको ‘स्याक्सुअल’ रुख रोपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो रुखलाई धेरै पानी चाहिँदैन भने अति उच्च तापमानमा पनि बाँच्न सक्छ । यसैकारण यो रुखलाई खडेरी प्रतिरोधक विरुवा पनि भनिएको छ । यसका साथै यो बिरुवाको जराले बालुवालाई एकसाथ बाँध्ने हुँदा बालुको आँधी पनि नियन्त्रित गर्न मद्दत गर्ने बताइएको छ । का बीउहरु पानी नपर्दा मात्र फैलने गर्दछन् । त्यसैले यो टाढाटाढसम्म पुगेर आफैँ उम्रिन सक्षम हुन्छ ।

स्याकसोल प्रजातिको रुख वास्तवमा उनेज क्षेत्रको हो जहाँका पूर्वजहरुले १५० वर्षसम्म त्यसलाई जोगाएर कायम राखेको बताइएको छ । प्राचीन समयमा मानिसहरुले यसलाई आगो बाल्न र जीवजन्तुलाई आहारका रुपमा प्रयोग गर्ने गर्दथे । तर अहिले मानिसहरु अझ सचेत बन्दै जाँदा यसलाई जोगाइराख्नमा पर्याप्त प्रयास जारी छ भने आगामी पीढीसम्म पनि पुग्ने अपेक्षा गरिएको छ ।

उेनेजा पार्कलाई विश्वकै सबैभन्दा ठूलो स्याकसोल बोटनिक गार्डेनका रुपमा गिनिज विश्व रेकर्डले पनि पहिचान गरेको छ । सो क्षेत्र १७० वर्ग किलोमिटरसम्म फैलिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]