०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

सप्तरी – पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ चिराघारीको बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर हुन्।

उनले चक्कु प्रहार गरेर आफ्ना ६३ वर्षीय बुवा कर्णबहादुर मगरको हत्या गरेको आरोप छ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता झलकप्रसाद शर्माका अनुसार छोराले घाँटी तथा मुखमा चक्कु प्रहार गरेर बुवा कर्णबहादुर हत्या गरेका हुन्।

घटना बुधबार दिउँसो १ बजेतिरको हो।

छोराले पैसा मागेको र पैसा दिएन भनेर तरकारी काट्ने चक्कुले घाँटी तथा मुखमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको शर्माले बताए।

‘घाँटीमा चक्कुले छेडेका खत छन्,’ शर्माले भने, ‘पटक/पटक आक्रमण गरेको देखिन आएको छ।’

प्रहरी प्रवक्ता शर्माका अनुसार घरमा तीन आमा छोरा बस्दै आएका थिए। जेठो छोरा काठमाडौंमा गाडी चलाउने गरेको प्रहरीले जानकारी दिएको छ।

शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]