०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौं – काठमाडौंमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।

आज बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]