०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

सप्तरी – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएका सुरुवाती दुई खेल बराबरीमा सकिएका छन्।

दशरथ रंगशालामा भएको पुछारका क्लबद्वय ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

यता एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा फ्रेण्ड्स क्लबले उत्कृष्ट पुनरागमन गर्दै जावलाखेलसँग अंक खोसेको छ।

फ्रेण्डेसले ३-० गोलले पछि परेको अवस्था उल्टाउँदै ३-३ गोलको बराबरी खेलेको हो। खेलको १२ मिनेटमा लोइक काउहिमले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। ४० मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे। ४५ मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जावलाखेलका लागि तेस्रो गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी टाइममा जुडै गर्सियाले फ्रेन्ड्सका लागि पहिलो गोल गरे। ६९ मिनेटमा उनले दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काएका थिए। दोस्रो हाफको इन्जुरी टाइममा एन्थोनी फ्रान्कोइसले तेस्रो गोल गर्दै फ्रेण्ड्सलाई ३-३ गोलको रोमाञ्चक बराबरी गराए।

रोमाञ्चक बराबरीसँगै फ्रेण्ड्सले रेलिगेसन जोन छाड्न सफल भएको छ। १२औं स्थानमा उक्लिएको फ्रेण्ड्सको ७ अंक छ। ११औं जावलाखेल युथ क्लबको १० अंक भएको छ।

यता पुछारको च्यासल युथ क्लबको ६ अंक र ब्रिगेड ब्वाइजको ७ अंक रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]