०२ जेठ २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि बुधवार बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी पेस हुने बताउनुभएको छ ।

आज मङ्गलवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भोलिको बैठकमा एमसीसी सम्झौता पेस गर्ने विषयमा आफूले सभामुखसँग परामर्श गरिरहेको र सम्झौता पेस गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

‘भोलिको बैठकमा एमसीसी पेस हुनेमा म विश्वस्त छु, यो विषयमा मैले सभामुखज्यूसँग परामर्श गरिरहेको छु’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री गगन थापाले भन्नुभयो । बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

एमसीसी सम्झौता यो अवस्थासम्म आउँदा सबै दल सरकारमा बसेर कुनै न कुनै निर्णय गरेकाले अहिले विरोध गरेर उम्कन नपाइने पनि कांग्रेस बैठकले निष्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]