०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएका दुर्घटनामा एक-एक जनाको मृत्यु भएको हो ।

ललितपुरको बागडोलमा प्रदेश २-०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेश कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारी घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यसैगरी भक्तपुरको कमलविनायक च्यामासिंहमा बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]