११ जेठ २०८३, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २९, २०७८

सप्तरी – ओपनर चिराग सुरीको उत्कृष्ट ब्याटिङमा युएईले चार देश सम्मिलित टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई १ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो ।
युएईका ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको अविजित इनिङ खेले । सुरीले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । सुरीको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । दोस्रो विकेटका लागि सुरी र मुस्तफाले ९७ रनको उत्कृष्ट साझेदारी गरेपछि युएईले विशाल योगफलको आधार तय गरेको थियो ।

मुस्तफा आरिफ शेखको १४ औं ओभरको तेस्रो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए । मुस्तफा ३५ बलमा ५ चौका र २ छक्कासहित ४९ रनमा शेख दाजुभाइको शिकार बन्न पुगे । ओपनर चिराग सुरी र मोहम्मद वासिमले पहिलो विकेटका लागि ३.३ ओभरमा २३ रन जोडेका थिए ।

मोहम्मद वासिम १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा क्याच भए । तेस्रो ओभरको तेस्रो बलमा स्पिनर साहब आलमलाई लगातार तेस्रो छक्का हान्ने धुनमा दीपेन्द्रसिंह ऐरीबाट लङअफमा क्याच हुन पुगेका थिए । मोहम्म बुटा ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे ।

बासिल हमिदलाई सन्दीप लामिछानेले १७ रनमा बोल्ड आउट गरे । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । साहब आलमले २ ओभरमा ३५ रन खर्चेर १ विकेट लिन सफल रहे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]