
काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहिवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२६ धितोपत्रमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडिसीएल), प्रभु सेलेक्ट फण्ड, कुमारी इक्विटी फण्ड, नेशनल हाइड्रोपावर कम्पनी र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाईमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डको ६ लाख ३५ हजार ९९० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी कुमारी इक्विटी फण्डको ५ लाख ८ हजार ६६२ इकाई, एचआईडिसीएल को ४ लाख १० हजार ९८४ कित्ता,नेशनल हाइड्रोपावरको ३ लाख १३६ कित्ता र एनआईसी एशिया ब्यालेन्स फण्डको २ लाख ९१ हजार ७७५ इकाई खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेप्से परिसूचक शून्य दशमलव २७ प्रतिशत घटेर २ हजार ८०५ दशमलव ७९ विन्दुमा झरेको छ ।