१२ जेठ २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

काठमाडौं – सन् १९५३ मा तेन्जिङ नोर्गे दार्जिलिङबाट चोमोलुङ्मा आरोहण गर्न नेपाल आएका थिए। उनीकहाँ काम गर्ने सोलुखुम्बु नाम्चेका कान्छा शेर्पा तेन्जिङका मुख्य सहयोगी बनेर सँगै आए। तेन्जिङ र सर एडमन्ड हिलारीले मे २९ मा विश्वकै सर्वोच्च शिखर चुमे। त्यो त सगरमाथा पो रहेछ।

उक्त आरोहण दलका ३५ जनामध्ये अब यस संसारमा ९० वर्षीय कान्छा मात्र छन्। त्यो क्षण सम्झँदा उनी अझै रोमाञ्चित हुन्छन्। र, त्यो संस्मरण आफैंमा दुर्लभ जीवित इतिहास हो। त्यो इतिहासलाई अमेरिकी लेखक प्याटी मूनले दस्तावेजमा उतारेकी छन्। त्यसमा कान्छा शेर्पाको जीवन र उस जमानाको वर्णन गरिएको छ। उक्त पुस्तक ‘टफ एन्ड चियरफुल : दी लाइफ एन्ड टाइम्स अफ कान्छा शेर्पा, लास्ट सर्भाइभर फ्रम दी फ्रस्ट एसेन्ट अफ माउन्ट एभरेस्ट’ म विश्वभरका पाठकमाझ उपलब्ध छ।

तेन्जिङ–एडमन्डको आरोहण दलमा सामेल हुँदा कान्छा २० वर्षे ठिटा थिए। उनी अन्तिम शिविर अर्थात् २७ हजार फिटसम्म पुगे। त्यसपछि विभिन्न आरोहण दलमा त्यहीँसम्म गइरहे। सगरमाथालाई नजिकबाट सुमसुम्याएका उनीसँग दुर्लभ र पृथक अनुभूति छ। पुस्तकले त्यसैलाई खोतलेको छ।

राजधानीमा शनिबार आयोजित पुस्तक लोकार्पण समारोहमा त्यसका मुख्य हिरो कान्छाले एउटा इतिहास लिपिबद्ध भएकामा खुसी व्यक्त गरे। उनले पुस्तक लेखनमा सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरे। हिमालको काखमा ४० वर्षे उमेरसम्म भारी बोकेर पदयात्राका हिस्सेदार बनेका कान्छा खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारमा बस्दै आएका छन्। पुस्तककी स्रस्टा मूनले कान्छाको योगदानको कदर र इतिहासको जगेर्ना गर्न आपूm पुस्तक लेख्न प्रेरित भएको खुलाइन्। उनले कान्छाजस्ता कर्मशील नेपालीकोजीवन अनुभव र इतिहास पुस्तकमार्फत उतार्ने अवसर पाएकामा गर्व लागेको बताइन्।

कार्यक्रममा खुम्बु पासाङल्हामु गाँउपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले भनिन्, ‘कान्छा शेर्पा हाम्रा प्रेरणा हुन्, खुम्बुलाई चिनाउन उहाँको ठूलो योगदान छ। म नजन्मिदै गरिएको सगरमाथा आरोहण र त्यसबेलाको अवस्था समेटिएको पुस्तक पढ्न हतारिएको छु।’ उनले यस्ता व्यक्तिको सम्मान सबैले गर्नुपर्ने धारणा राखिन्।

अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले सगरमाथाको बाटो देखाउने कान्छा राष्ट्रकै अमूल्य निधि भएको धारणा राखे। उनले कान्छा र कान्छाजस्ता लुकेका योगदानकर्ता, प्रतिभा र गहनाको मिडियामार्फत् खोजी गर्ने प्रतिबद्धता जनाए।नेपाल पर्वतारोहण संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोही अन्तिम साक्षीका भुक्तभोगाइहरू समेटिएको पुस्तक प्रेरणाको श्रोत बनेको धारणा राखे। उनले सगरकाथाको पहिलो आरोहणबाटै पर्यटनको सुरुवात भएको र माउन्टेन टुरिजमको ढोका खोलिएको जानकारी दिए। २५औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान राखेका कामिरिता शेर्पाले पुस्तकले पहिले र अहिलेको अवस्थाको भिन्नता दर्साउने भएकाले नयाँ पिढींले पुराना कुरा जान्न पाउनेमा खुसी व्यक्त गरे।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले कान्छा शेर्पालाई विख्यात धार्मिक गुरुसँग तुलना गरे। नाम्चे सामुदायिक प्रहरीका अध्यक्ष लामाकाजी शेर्पाले कान्छाका योगदान राष्ट्रले भुल्न नहुनेमा जोड दिए। कान्छो उमेरमा २२ पटक सगरमाथा आरोहण गर्न सफल पेम्बाछिरी शेर्पाले पुस्तकले इतिहास झल्काउने बताए। पुस्तक लेखनमा विशेष सहयोग पुर्‍याएका पेम्बाछिरी शेर्पाले कान्छाको योगदानबाट राष्ट्रले गौरव गर्नुपर्ने धारणा राखे।

पहिलो सगरमाथा आरोहणका अन्तिम साक्षी ‘कान्छा’
पुस्तक कान्छा शेर्पा फाउन्डेसनले प्रकाशन गरेको हो। फाउन्डेसनका अध्यक्ष नवङ साम्देन शेर्पाको सभापतित्वमा भएको कार्यक्रम छिरिङ पेन्जो शेर्पाले सञ्चालन गरेका थिए। फाउन्डेसनका को–फाउन्डर छिरिङ तेन्जिङ शेर्पाले फाउन्डेसनका सामाजिक कार्यबारे अवगत गराउँदै स्वागत व्यक्त गरे। नातिनी छिरिङ नम्दु शेर्पाले कान्छाको दीर्घजीवनको कामनामा गीत प्रस्तुत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]