१२ जेठ २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०२, २०७८

सप्तरी – कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ।

सरकारले १५ माघसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम १५ माघसम्म बन्द गरेको छ। यो अवधिमा पठनपाठनका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न सरकारले निर्देशन दिएको छ।

यससँगै पूर्व निर्धारित परीक्षा भने नरोकिने भएका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, धार्मिक क्रियाकलापमा पनि सरकारले कडाइ गरेको छ। माघ मसान्तसम्म मठ, मन्दिर, गुम्बा, चर्च लगायत धार्मिक संस्थामा नित्य पूजा, ध्यान बाहेकका क्रियाकलापमा रोक लगाएको छ। नित्य पूजाआजा गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, पसलमा पनि २५ जनाभन्दा बढी एकैसाथ उपस्थित भएर किनमेल गर्न रोक लगाएको छ। सरसामान किनमेल गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]