२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १७, २०७८

काठमाडौँ – विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटमा सान्त्वना जित हात पारेको छ । आइतबार वर्षाले मैदान गिलो भएपछि ८ ओभरमा घटाइएको खेलमा विराटनगरले काठमाडौँ किंग्स ११ लाई ७ रनले पराजित गरेको हो । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । विराटनगरका लागि अनिल साहले विस्फोटक इनिङ खेले । उनले १६ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन बनाए । ओपनर रायन पठानले पनि विष्फोटक इनिङ खेले । उनले ११ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । कप्तान करण केसीले १५ रन जोड्दा विराटनगर राम्रो लयमा पुगेको थियो । काठमाडौँका लागि गुल्सन झा, रायन बर्ल, र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए ।१ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनमात्र जोड्न सक्यो । काठमाडौँका लागि अफगानी खेलाडी रहमानउल्लाह गुरबाजको २८ रन सर्वाधिक रह्यो । उनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै राजु रिजाल २४ रनमा अविजित रहे । सुवास खकुरेल १० बलमा ३ छक्कासहित २६ रनमा अविजित रहेपनि उनले टीमलाई जिताउन भने सकेनन् ।

काठमाडौँलाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर उसले १८ रनमात्र बनाउन सक्यो । सुवासले केही आकर्षक सट खेल्दै टीमलाई अन्तिमसम्म डोहोर्‍याए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले अन्तिम ओभरमा पहिलो र तेस्रो बलमा छक्का प्रहार गर्दै आशा देखाए‚ तर अन्तिम ३ बलमा केबल ४ रनमात्र बनाएपछि काठमाडौँ जितबाट विमुख भयो ।विराटनगरका रायन खान पठानले २ विकेट लिए । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट, भैरहवा ग्ल्याडिएटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो ।

चौथो खेलमा विराटनगर पोखरासँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो। काठमाडौँलाई प्लेअफमा स्थान बनाउन बाँकी दुवै खेलमा जित निकाल्नुपर्ने दबाब छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]