२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

पर्सा – पर्सा जिल्लाको वीरगंज महानगरपालिकाबाट हुण्डी कारोबार गर्ने २ व्यक्तिलाई ३८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ६ बस्ने वर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफ रहेको प्रहरीले जनाएको छ | वीरगंजको वडा नं.६ माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको भन्ने प्राप्त सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद गरेको हो |

बरामद भएका नगद सहित संचालक र काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए |

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]