३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, साउन २८, २०७८

काठमाडौँ – पाकिस्तानले नेपाललाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । पाकिस्तानले ‘मेड इन पाकिस्तान’ स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको हो ।

पाकिस्तान राजदूतावासले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० ओटा भेन्टिलेटर र ३० ओटा सीपीएपी ब्रेथिङ सामग्री हस्तान्तरण गरेको छ ।पाकिस्तानी राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार ती स्वास्थ्य सामग्रीहरु मूल्य एक करोड ९० लाख रुपैयाँ रहेको छ । राजदूतावासका अनुसार उक्त सहयोग पाकिस्तानको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुको लागि ‘कोभिड–१९ आपत्‌कालीन सहयोग कार्यक्रम’ अन्तर्गत हो ।

पाकिस्तानले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि एक महिना अघि ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो । पाकिस्तानी राजदूतावासका चार्ज डे अफेयर्स अद्नन जाबेद खानले स्वास्थ्य सामग्रीले स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]