
काठमाडौँ – पाकिस्तानले नेपाललाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । पाकिस्तानले ‘मेड इन पाकिस्तान’ स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको हो ।

पाकिस्तान राजदूतावासले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० ओटा भेन्टिलेटर र ३० ओटा सीपीएपी ब्रेथिङ सामग्री हस्तान्तरण गरेको छ ।पाकिस्तानी राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार ती स्वास्थ्य सामग्रीहरु मूल्य एक करोड ९० लाख रुपैयाँ रहेको छ । राजदूतावासका अनुसार उक्त सहयोग पाकिस्तानको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुको लागि ‘कोभिड–१९ आपत्कालीन सहयोग कार्यक्रम’ अन्तर्गत हो ।
पाकिस्तानले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि एक महिना अघि ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो । पाकिस्तानी राजदूतावासका चार्ज डे अफेयर्स अद्नन जाबेद खानले स्वास्थ्य सामग्रीले स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।