२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

काठमाडौं – घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ ।

दुवै जना जलेर घाइते भएएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको कीर्तिपुर अस्पतालमा पुर्याएर उपचार अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।जेठ १२ गते राती डोटीको आदर्श गाउँपालिका ४ रोडीका सन्तोष भाटले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटलाई सुतिरहेको अवस्थामा कोठामा आगो लगाइ ज्यान मार्न खोजेका थिए । आमा छोरी सुतेको कोठाको बाहिर पट्टीबाट प्रज्वलनशील पदार्थ कोठा भित्र खन्याएर झ्यालबाट उनका श्रीमानले आगो लगाएका थिए ।

घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोने र यस घटनामा संलग्न व्यक्तिमाथी कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा उनका छोरी अन्जु भाटको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्रकारका घटना हुन नदिन गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनिहरुकाे बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेकाे पहलमा हेलिकाेप्टरबाट उद्दार गरेर काठमाण्डाै‌ ल्याइएकाे हाे ।आगो लगाएर फरार भएका उनका श्रीमान सन्तोष भाट अहिले सम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुतिरहेकी श्रीमती र छाेरीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो भित्र कोठामा फालेको प्रहरीले अनुमान गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मीका दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) दान बहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]