
काठमाडौं – घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ ।
दुवै जना जलेर घाइते भएएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको कीर्तिपुर अस्पतालमा पुर्याएर उपचार अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।जेठ १२ गते राती डोटीको आदर्श गाउँपालिका ४ रोडीका सन्तोष भाटले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटलाई सुतिरहेको अवस्थामा कोठामा आगो लगाइ ज्यान मार्न खोजेका थिए । आमा छोरी सुतेको कोठाको बाहिर पट्टीबाट प्रज्वलनशील पदार्थ कोठा भित्र खन्याएर झ्यालबाट उनका श्रीमानले आगो लगाएका थिए ।
घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोने र यस घटनामा संलग्न व्यक्तिमाथी कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा उनका छोरी अन्जु भाटको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्रकारका घटना हुन नदिन गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनिहरुकाे बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेकाे पहलमा हेलिकाेप्टरबाट उद्दार गरेर काठमाण्डाै ल्याइएकाे हाे ।आगो लगाएर फरार भएका उनका श्रीमान सन्तोष भाट अहिले सम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुतिरहेकी श्रीमती र छाेरीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो भित्र कोठामा फालेको प्रहरीले अनुमान गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोटीमा जेठ १६ गते मात्रै सन्तोष भाट विरुद्ध ज्यान मार्ने उद्योगमा लक्ष्मीका दाईले मुद्दा दर्ता गराएका छन् । सन्तोषको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) दान बहादुर मल्लले जानकारी दिए ।